22nd September | 2018 | Saturday | 6:55:44 PM

पोष्टरमा विराङ्गना

  POSTED ON : Wednesday, 06 June, 2018 (6:09:40 PM)

पोष्टरमा विराङ्गना


हिमालय टाइम्स

काठमाडौं । आगामी असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘विराङ्गना’को पोष्टर सार्वजनिक गरिएको छ । प्रेमकथा र एक्सनले भरिपूर्ण ‘विराङ्गना’को सार्वजनिक चार पोष्टरमा कलाकारहरू अनुपविक्रम शाही, शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईंलाई प्रस्तुत गरिएको छ ।

पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्सन लुक्समा प्रस्तुत गरिएको छ । चलचित्रको प्रचार सुरुसँगै चलचित्रले गीत, पोष्टरलगायत प्रचार सामग्री सार्वजनिक गरिरहेका छन् । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको यो चलचित्र हरिबोल लामाले खिचेका हुन् भने तारा थापाको सम्पादन छ ।

निर्देशक सानेले चलचित्रले सिमाना क्षेत्र र अपराध नियन्त्रणनमा सशस्त्र प्रहरीले पु¥याएको योगदान र महिला सशस्त्र प्रहरीको विरताको बारेमा बोलेको बताउँछन् । ‘एक्सनसँगै लभस्टोरी र संगीतको मिश्रण फिल्म छ’, उनी भन्छन् । यस्तै चलचित्रका मुख्य नायक अनुपविक्रम शाहीले सशस्त्र प्रहरीको योगदानमाथि बनेको फिल्म भएकाले आफूले त्यसभित्र एउटा पात्रको भूमिका निर्वाह गरेको बताए । यस्तै नायिका शिल्पा पोखरेलले आफूलाई नारी प्रदान र सामाजिक चलचित्रहरू मनपर्ने भएकाले आफ्ना लागि ‘विराङ्गना’ विशेष भएको बताइन् । ‘पहिलेकै जस्तै एक्शन, लभ र गीतमा मलाई दर्शकले पाउँनेछन् । म सँगै बाँदर र घोडाको कलात्मक कलाले अझ दर्शकलाई मनोरञ्जन बढप् दिनेछ’, शिल्पा भन्छिन् ।

चलचित्रमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सहनिर्माता सुमी चाम्लिङ राई छन् । ‘विराङ्गना’ र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । शिल्पा, अनुप र पृथ्वीराजको अलवा धीरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटालगायत कलाकारहरूको चलचित्रमा अभिनय छ ।

चलचित्रमा दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । चलचित्रको वितरणको जिम्मा काठमाडौंमा विके फिल्मस्का गोपाल कायस्थ र काठमाडौंबाहिर एफडी कम्पनीले लिएका छन् । 


Views: 0