16th December | 2018 | Sunday | 10:50:26 AM

रामकृष्णको बाटो गल्लीको देवता

  POSTED ON : Wednesday, 06 June, 2018 (6:11:45 PM)

रामकृष्णको बाटो गल्लीको देवता


काठमाडौं । गायक रामकृष्ण ढकालको फरक गीत सार्वजनिक गरिएको छ । ‘बाटो गल्लीको देवता...’ बोलको गीतको भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमा मनिष वशिष्ठको रचना तथा सुशान्त गौतमको संगीत छ भने देश–देशावरमा बहकिएका तीर्थालुलाई प्रतीकात्मक व्यंग्य प्रहार गरिएको छ ।

‘बाटो गल्लीको देवता म, छैन मेरो सुनको गजुर...’ शीर्षकको गीतमा वास्तविक देवताको कथालाई प्रष्ट्याउने प्रयास गरिएको छ । गीतकार मनिष वशिष्ठको रचना तथा सुशान्त गौतमको संगीत रहेको गीतमा देश–देशावरमा बहकिएका तीर्थालुलाई प्रतीकात्मक व्यंग्य प्रहार गरिएको छ । नजिकको तीर्थ हेला हुन्छ भन्ने उखानलाई प्रमाणित गर्दै गायक ढकालले नाम चलेका मन्दिरमा तीर्थव्रतका लागि देश–विदेश जाने तर आफ्नै वरपर रहेका मन्दिर र मूर्तिहरूलाई हेला गर्ने प्रवृत्तिबारे यो गीत तयार पारिएको धारणा व्यक्त गरेका छन् । 

प्रस्तुत गीतमार्फत आफ्नो स्वरमा केही फरक स्वाद दर्शक–श्रोतालाई दिने प्रयास गरेको गायक ढकालको भनाइ छ । उक्त गीतको भिडियोमा जीवन भट्टराई, सगुन पोखरेल, लकी भण्डारीसहितका कलाकारले अभिनय गरेका छन् । निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोमा उत्तम हुमागाईंको छायांकन तथा विकास धमलाको सम्पादन छ । 



Views: 15