24th June | 2018 | Sunday | 8:58:17 PM

पहिलेका नेपाली बाबु अहिले बाबु कान्छा

  POSTED ON : Wednesday, 06 June, 2018 (6:14:44 PM)

पहिलेका नेपाली बाबु अहिले बाबु कान्छा

काठमाडौं । आगामी असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाबु कान्छा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा सलोनलाई मात्र प्रस्तुत गरिएको छ । टिजरले चलचित्रको बारेमा केही बोलेको छैन तर दर्शकमा उत्सुकता पैदा गराउन खोजिएको देखिन्छ । 

१७ वर्षअगाडि सलोनले बाल कलाकारको रूपमा काम गरेको चलचित्र ‘नेपाली बाबु’को झलक टिजरमा देखिन्छ । चलचित्रको प्रचारप्रसार अगाडि बढाइरहेको बेला चलचित्र युनिटले सलोन बालकलाकार हुँदाको चलचित्रको झलक देखाएर थप कौतुहोल्ता बनाइदिएको हो । टिजरमा आएका प्रतिक्रिया हेर्नेहो भने धेरै दर्शकले पहिलेको झलकबाट पुराना याद आएको बताएका छन् । 

‘बाबु कान्छा’मा सलोनसँगै नीर शाह, सरोज खनाल, लय संग्रौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जनलगायत कलाकारको मुख्य भूमिका छ । शोभित बस्नेतको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा रवि अधिकारी कार्यकारी निर्माता, सन्तोषराज भण्डारी र सुरज घिमिरे सहनिर्माताको रूपमा छन् ।

चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकीको संगीत र गौतमराज खड्काको सम्पादन छ ।