22nd March | 2019 | Friday | 7:36:11 AM

ट्रेलरमा एक्स्ट्रा माया

  POSTED ON : जेठ २३, २०७५ (११:१४ AM)

ट्रेलरमा एक्स्ट्रा माया

काठमाडौं । आगामी असार ८ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको नेपाली चलचित्र ‘एक्स्ट्रा माया’को ट्रेलर सार्वजनिक गरिएको छ । केही दिनअगाडिमात्रै कलाकारलाई सस्पेनमा राखेर पोष्टर सार्वजनिक गरिएको थियो । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा भने नयाँनयाँ अनुहारलाई देखाइएको छ । 

चलचित्र ‘एक्स्ट्रा माया’ को ट्रेलरमा समाजमा भएका विद्यमान समस्या युवा युवतीको प्रेम, विदेश जाने लोग्नेका श्रीमतीको कथा अनि विदेश जाने श्रीमतीको पीडालाई मुख्य विषय बनाइएको छ । फेसबुकको फेशन लभले घरबार बिग्रिएको र साथीहरूको संगतले घरमा अशान्ति मच्चिएको चलचित्र चलचिचित्र ‘एक्स्ट्रा माया’ मा देख्न पाइनेछ । लभ तथा कमेडी जनरामा बनेको सो चलचित्रले अहिलेका युवा युवतीको वास्तविक कथालाई उजागर गर्न खोजेको देखाइएको छ । 

सामाजिक परिवेशलाई सुहाउँदो रियालिटी वेशमा चलचित्र निर्माण गरिएको निर्माता कमल फुयाँल बताउँछन् । यो चलचित्र युवा पुस्ता केन्द्रित छ । चलचित्रमा कथा बलियो भएका कारण सबैले मन पराउने निर्देशक सोम कुस्कुमाझीको दाबी छ । उनले चलचित्रमा पृथक विषयवस्तुलाई उठान गरेको बताउँछन् । रिच इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘एक्स्ट्रा माया’ मा चलचित्रमा सुस्मिता बुर्लाकोटी, अर्जुन खडका, सनी सुनवार, सृष्टि भण्डारी, शोभा भण्डारी, कमल केआर, यमन माझी, कमल फुयाँल, सरिता दोङ, सुन्जित माझीलगायतको अभिनय छ । 

चलचित्रमा पटकथा तथा निर्देशन दुवै सोम कुस्कुमाझीले गरेका छन् भने कथा कमल केआरको छ । दिनेश माङमुको कोरियोग्राफी, बासु न्यौपानेको छायांकन तथा समीर मियाँको सम्पादन रहेको यस चलचित्रमा सन्तोष किरात र योङजङ लामाको संगीत छ ।


Views: 53