24th June | 2018 | Sunday | 8:58:33 PM

ड्रिम गर्लमा रोमान्टिक आकाश–आश्मा

हिमालय टाइम्स   POSTED ON : Friday, 08 June, 2018 (1:28:41 PM)

ड्रिम गर्लमा रोमान्टिक आकाश–आश्मा

काठमाडौं । आगामी असोज १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ड्रिम गर्ल’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ‘तिम्रो मायामा’ बोलको गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र अम्बिका शर्माको शब्द छ । गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरि रोमान्टिक अवतारमा देखिएका छन् । 

प्रेमभाव देखिएको उक्त गीतको भिडियो भने नेपालको रारा ताल र थाइल्याण्डको समुद्र आसपास छायांकन गरिएको हो । निर्देशक ऋषिराज आचार्य निर्देशित ‘ड्रिम गर्ल’मा विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरि, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । आरबी मुभिजको ब्यानरमा बनेको चलचित्रको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन् । 

राहुल राईले खिचेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर विष्टको कोरियोग्राफी छ । चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन् ।