16th December | 2018 | Sunday | 11:50:17 AM

स्कटल्याण्डकी डिजेले नेपाली नचाउने

हिमालय टाइम्स   POSTED ON : Friday, 08 June, 2018 (1:30:57 PM)

स्कटल्याण्डकी डिजेले नेपाली नचाउने

काठमाडौं । स्कटल्याण्डकी चर्चित डिजे डेक्सी नेपाल आएकी छन् । नेपालका विभिन्न दश प्रमुख शहरमा सांगीतिक कार्यक्रम गर्ने उद्देश्यले उनी नेपाल आएकी हुन् । ‘सान मिगेल वेट फेष्ट २०१८’ नाम दिइएको उक्त कार्यक्रममा आकर्षक डिजे प्रस्तुतिमार्फत नेपाली युवायुवती नचाउने भएकी हुन् ।

बुधबार साँझ नेपाल आइपुगेकी डेक्सीको कार्यक्रम आज शुक्रबारबाट सुरु हुँदैछ । यो उनको पहिलो नेपाल टुर हो । विश्वका उत्कृष्ट डिजेहरू मध्ये टप ५० भित्र डेक्सीलाई नेपाल भिœयाउने काम मेड्ली इभेन्ट मिडिया प्रालिले गरेको हो । राष्ट्रिय तथा अन्टर्राष्ट्रिय प्रर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘सान मिगेल वेट फेष्ट २०१८’मा नेपालकै सेक्सी डिजे जेनी, पुलपाटीको राज भनेर चिनिएका डिजे प्रज्वल र चर्चित गायक तथा ¥यापर मानस घलेको समेत प्रस्तुति रहने आयोजक मेड्ली मिडियाका प्रबन्ध निर्देशक सुमित सिग्देलले बताए ।

‘सान मिगेल वेट फेष्ट २०१८’ २५ गते शुक्रबारदेखि विर्तामोडबाट सुरु हुँदैछ । विर्तामोडपछि २८ गते इटहरी, असार १ गते हेटौंडा, २ गते चितवन, ४ गते नेपालगञ्ज, ५ गते भैरहवा, ८ गते बुटवल, ९ गते पोखरा हुँदै असार ३० गते काठमाडौमा आएर सकिने व्यवस्थापन तथा संयोजन जिम्बेवारी लिएको नेस्क्ट मोडल नेपालका सिइयो रवि धमलाले जानकारी दिए । 

नेपाली, हिन्दी र अग्रेजी सबै प्रकारको गीत संगीतबाट डिजेहरूले दर्शक तथा श्रोता नचाउँने कार्यक्रम अभिनेत्री तथा भिजे सध्या केसीले होष्ट गर्नेछिन् । 


Views: 19