25th June | 2018 | Monday | 9:36:39 PM

विकास बोर्डद्वारा महिला कलाकार सम्मान

  POSTED ON : Sunday, 10 June, 2018 (5:56:23 PM)

विकास बोर्डद्वारा महिला कलाकार सम्मान


काठमाडौं । ‘महिला सशक्तीकरणका लागि सूचनाको हक अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला’ आयोजना गरेको चलचित्र विकास बोर्डले विभिन्न महिला चलचित्रकर्मीलाई सम्मान गरेको छ । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा चलचित्रको माध्यमबाट समाजमा महिला सशक्तीकरणका लागि योगदान गरेको भन्दै विभिन्न कलाकारलाई सम्मानित गरियो । नायिका चैत्यदेवी, कलाकार शकुन्तला शर्मा, वसुन्धरा भुषाल, नायिका करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मान गरिएको हो ।

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफ्नो कलाको माध्यमबाट महिला सशक्तीकरणमा योगदान गरेको भन्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सम्मानित गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि अनुराधा कोइराला र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले उनीहरूलाई सम्मान गरेका थिए । प्रदेश प्रमुख कोइरालाले कार्यक्रममा आफ्नो विचार राख्दै कलाकार समाजका रोल मोडल भएकाले महिला कलाकारहरूले समाजलाई प्रभावित पार्न सक्ने बताइन् ।