21st August | 2018 | Tuesday | 3:26:35 PM

टंक र अशोकले तताए झापा

  POSTED ON : Tuesday, 12 June, 2018 (6:14:42 PM)

टंक र अशोकले तताए झापा

हिमालय टाइम्स

बिर्तामोड । दुई महिना यता सामाजिक सञ्जालमा भाइरल भइरहेका झापाका आठ वर्र्षीाय बालगायक अशोक दर्जीले गृह जिल्ला तताएका छन् । आइतबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको चन्द्रगडी विमानस्थल पुगेका अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले साँझ अबेरसम्म झापाका दर्शक नचाए । बिर्तामोड १ मा सञ्चालित प्रथम गोलधाप महोत्सवमा साँझ अबेरसम्म हजारौं दर्शक ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बोलको गीत सुन्न आतुर थिए । अशोक र टंकले राति झण्डै दुई घण्टासम्म दर्शकलाई मनोरञ्जन दिएका थिए ।

घण्टौंसम्म प्रतिक्षामा रहेका दर्शक जब अशोक र टंक ‘मन बिनाको धन ठूलोकी धनबिनाको मन’ भन्दै स्टेज चढे सबै उमेर वर्गका दर्शक एकाग्रह भएर सुनिरहे । कतिपय वृद्ध दर्शकका आँखासमेत रसाएको देखिन्थ्यो । जबजब अशोकले स्वर तानेर गीत गाउँथे दर्शकहरू आँखा झिमिक्क नगरी एकोहोरो हेरिरन्थे । अशोकले समय समयमा हास्य संवाद बोल्दा दर्शकले खुबै मनोरञ्जन लिइरहेका थिए । राजधानीमै पहिलो स्टेज कार्यक्रम गरेका अशोकको यो दोस्रो कार्यक्रम हो । अशोकले ट्रयाकमा गीत गाउँदा कुनै ठाउँमा भुलेको देखिन्थ्यो तर गायक टंकले मिलाउँथे । अशोकले टंकका अन्य चर्चित गीतमा पनि गाएका थिए भने केही कमेडी गीत पनि गाए । गायक टंकले अशोकलाई आपूmहरूले सिकाइरहेको बताए । अहिले अशोकले ट्रयाकमा गाउँदा गाउँदै भुल्ने भएकाले केही स्टेज कार्यक्रम गरेपछि सिक्ने बताए

अशोक र टंकलाई प्रथम गोलधाप महोत्सवका अध्यक्ष विश्व सेलिङ, महोत्सवसम्म ल्याउन सहयोग गर्ने चन्द्र लिंजेन र भीम तुम्बापा, यसैगरी होटल ग्राण्ड प्यासिफिक सञ्चालक लयप्रसाद मैनाली र प्रकाश प्रसाईले स्वागत गरेका थिए ।