20th September | 2018 | Thursday | 4:54:23 AM

ट्रेलरमा शिल्पाको वीरंगना (ट्रेलर सहित)

हिमालय टाइम्स   POSTED ON : Monday, 18 June, 2018 (12:51:51 PM)

ट्रेलरमा शिल्पाको वीरंगना (ट्रेलर सहित)

काठमाडौं । यही असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘वीरांगना’ को ट्रेलर सार्वजनिक गरिएको छ । साइराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रमा समावेश दुई गीत र पोष्टर यस अघि नै सार्वजनिक भइसकेका थिए । 

ट्रेलरमा शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वीराज प्रसाइदेखि घोडा र बाँदरलाई मुख्यरुपमा फिचरिङ गरिएको छ । फिल्मको ट्रेलरमै प्रज्ज्वल गिरी, शुसील पोखरेल, धु्रव कोइराला, प्रिया रिजाललगायतलाई पनि देख्न सकिन्छ । महिला शसस्त्र प्रहरीको विरतामा आधारित ‘वीरांगना’ लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको चलचित्र हो ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको ‘वीरांगना’ फोर्थ आई मुभिज्को ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । 

‘वीरांगना’ मा सुमी चामलिङ राई सहनिर्माता रहेकी छिन् । फिल्ममा धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटालगायतको अभिनय रहेको छ । चलचित्रमा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन रहेको छ । चलचित्रलाई काठमाडौंमा बिके फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने भएका छन् ।

दर्शकका लागि बाँदर र घोडाको अभिनय फरक हुनसक्छ । निर्माण पक्षले पनि प्रचारप्रसार गर्दा यी दुई जनावरलाई केन्द्र बनाइएको छ । साथै, छायांकनका क्रममा बाँदरका दृश्य खिच्नेक्रममा निकै दुःख भएको बताइएको छ । 


Views: 0