20th September | 2018 | Thursday | 4:15:36 AM

ट्रेलरमा ‘रोमियो एण्ड मुना’ (ट्रेलर सहित)

हिमालय टाइम्स   POSTED ON : Friday, 22 June, 2018 (1:23:54 PM)

काठमाडौं । एक गीत सार्वजनिक गरिसकेपछि थप चर्चामा आएको चलचित्र ‘रोमिय एण्ड मुना’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता विनय श्रेष्ठ र अभिनेत्री श्रृष्टि श्रेष्ठ अभिनित यो चलचित्रको सार्वजनिक यस ट्रेलरमा चलचित्रका महŒवपूर्ण दृश्यहरू समेटिएको छ । जसमा विनय र श्रृष्टिको अलवा एनिभेसबाट तयार गरिएको राक्षसी रूपको अभिनयसमेत देख्न सकिन्छ ।

आर्ट कलाका दृश्यले विशेषस्थान पाएको ट्रेलरमा राखिएको रोमान्स, प्रेम, पीडा, एक्सनका दृश्य दर्शकमा कौतुहलता जगाउने खालका छन् । प्रचारप्रसारका लागि ट्रेलर महŒवपूर्ण हुने भएकाले चलचित्रभित्र रहेका केही भेराइटी समेट्ने प्रयास आफूहरूले गरेको निर्माता प्रशन्न गोपालीले बताए ।

चलचित्रमा समावेश ‘तिम्रै लागि हो’ बोलको एक रोमान्टिक गीतको छायांकन चितवन पुगेर टिम काठमाडौं फर्किसकेको छ । चलचित्र प्रचारका लागि अब केही दिनमा युनिट मोफसल टुरमा निस्कने निर्माता गोपालीले जानकारी दिए । 

नरेशकुमार केसीको निर्देशन रहेको चलचित्र ‘रोमियो एण्ड मुना’मा विनय र श्रृष्टिको अलवा सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीको अभिनय छ । प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य चलचित्रका निर्माता रहेका छन् । चलचित्र आउँदो साउन ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।


Views: 0