21st September | 2018 | Friday | 6:27:22 PM

सञ्जुलाई तीनदिनमा एक सय २० करोड

हिमालय टाइम्स   POSTED ON : Tuesday, 03 July, 2018 (2:06:37 PM)

सञ्जुलाई तीनदिनमा एक सय २० करोड

मुम्बई (एजेन्सी) । बलिउड चलचित्र ‘सञ्जू’ ले बक्स अफिसमा कमाल गरेको छ । प्रदर्शन भएको तीनभित्र सय करोडको क्लबमा प्रवेश गर्दै जम्मा एक सय २० करोड कमाउन सफल भएको छ । राजकुमार हिरानीको ‘सञ्जु’ ले पहिलो दिनदेखि बक्स अफिसमा निकै राम्रो आम्दानी गर्दै आइरहेको थियो । पहिलो दिन ३४.७५ र दोस्रो दिन ३८.६० करोड कमाएको थियो भने तेस्रो दिनमा ४६.७१ करोडको कलेक्सन गरेको छ । जुन अहिलेसम्मकै बलिउड चलचित्रको सर्वाधिक कमाइ हो । 

पहिलो विकेन्डमा १ सय २० करोड कमाउन सफल रणवीर कपूरको ‘सञ्जु’ ले बक्सअफिसमा कमाइको मामलामा सबै फिल्मलाई पछाडि छाडेको छ । यसभन्दा पहिला यो रेकर्ड बलिउडका ‘दबंग’ सलमान खानको चलचित्र ‘टाइगर जिन्दा हे’ को नाममा थियो । यस सञ्जय दत्तको बायोपिक चलचित्रमा रणवीर कपूरले उनको भूमिका निभाएका छन् । रणवीरको अभिनयले अहिले निकै तारिफ पाइरहेको छ । 


Views: 1