20th September | 2018 | Thursday | 4:35:54 AM

यस्तो छ बाबु कान्छाको शीर्ष गीत (भिडियो)

हिमालय टाइम्स   POSTED ON : Wednesday, 04 July, 2018 (12:57:52 PM)

यस्तो छ बाबु कान्छाको शीर्ष गीत (भिडियो)

काठमाडौं । यही असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाबु कान्छा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । नायक सलोन बस्नेत स्टारर यो चलचित्रको सार्वजनिक गीतमा पनि सलोन देखिएका छन् भने उनीसँगै नायिका करिश्मा श्रेष्ठ फिचरिङ छन् । केही समयअघि चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शक रुचाएका छन् । 

चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा संगीतकार शम्भुजित बास्कोटाले लामो समयपछि चलचित्र ‘बाबु कान्छा’मा गीत गएका हुन् । अहिलेका निकै चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको शब्द तथा संगीत रहेको यस गीतलाई दर्शक तथा श्रोताले मन पराउने संगीतकार टंक बुढाथोकी बताए । बास्कोटाले संगीत दिएको गीतमा स्वर दिनु आफ्नो लागि ठूलो अवसर भएको भन्दै टंकले खाली आफ्नो गीतमा आफंैले मात्रै गाउन खोज भन्नेका लागि यो गीत गतिलो जवाफ भएको बताए ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’को यसअघि सार्वजनिक चलचित्र ‘कर्णवीर’ समावेश ‘चन्द्रमा झै राम्री’ बोलको रिमिक्स भर्सनलाई दर्शक तथा श्रोताले मन पराएका छन् । ‘बाबु कान्छा’मा सलोनसँगै नीर शाह, सरोज खनाल, करिश्मा श्रेष्ठ, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, विक्रम कँडेललगायतको अभिनय छ । 

यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यु गर्दैछिन् । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोषराज भण्डारी र सुरज घिमिरे सहनिर्माताको रूपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दीपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।

चलचित्रमा अष्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौं’गीतलाई रिमिक्स गरेका हुन् । सलोनको बढ्दो क्रेजले यस फिल्मलाई ठूलो फाइदा पुग्ने फिल्मी पण्डितहरूको आँकलन छ । पछिल्लो रिलिज फिल्म ‘ए मेरो हजुर २’पछि उनको लोकप्रियता थप चुलिएको छ ।


Views: 0