21st September | 2018 | Friday | 5:31:51 PM

हिमालय टाइम्सकर्मि गोपिकृष्ण सहित १० पत्रकार सम्मानित हुँदै

हिमालय टाइम्स   POSTED ON : Wednesday, 04 July, 2018 (7:01:21 PM)

हिमालय टाइम्सकर्मि गोपिकृष्ण सहित १० पत्रकार सम्मानित हुँदै

 काठमाडौं । हिमालय टाइम्सकर्मि गोपिकृष्ण चापागाईं सहित १० जना पत्रकार ओएस नेपाल म्युजिक अवार्डमा सम्मानित हुने भएका छन् । चापागाईं युवा पत्रकारिता सम्मानबाट सम्मानित हुने भएका हुन् ।

दोस्रो ओएस नेपाल म्युजिक अवार्डबाट सञ्चारक्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुलाई सम्मान गरिने भएको हो । यही असार २४ गते राष्ट्रिय नाचघर जमलमा उनीहरुलाई सम्मानित गरिने छ ।

दुई युवा पत्रकारलाई ओएस नेपाल युवा पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ भने ८ पत्रकारलाई ओएस नेपाल पत्रकारिता सम्मान २०७५ बाट सम्मान गरिने कार्यक्रम संयोजक बिबेक कार्कीले जानकारी दिएका छन् ।

उक्त पत्रकारिता सम्मानमा हिमालय टाइम्सका पत्रकार गोपिकृष्ण चापागाईं लगायत कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, नागरिक दैनिकका सामिप्य तिमिल्सिना, रेडियो नेपाल काठमाडौं स्टेसन म्यानेन्जर लोकसञ्चारकर्मी चन्द्रमणि गौतम, टिभी टुडेमा कार्यरत लोकसञ्चारकर्मी रमेश बस्नेत,  रेडियो नेपालका सञ्चारकर्मी राम अविरल थापा, अनलाइन पत्रिका रातोपाटीका कुबेर गिरी रङ्गपत्रकार दिनेश सिटौला, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र रमाईलो छ का उत्सब रसाइलीलाई नगतसहित सम्मान गरिने भएको छ । 


Views: 0