23rd July | 2018 | Monday | 6:13:07 AM

पोष्टरमा कहिँ कतै

हिमालय टाइम्स   POSTED ON : Friday, 06 July, 2018 (1:14:34 PM)

पोष्टरमा कहिँ कतै

काठमाडांै । यही आउँदो साउन २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कहिँ कतै’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तीन पोष्टरमा नायक दिलीप रायमाझीको साथमा नवकलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गापा देखिएका छन् । यस्तै अन्य पोष्टरमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा ‘बेबी’ गिरीलाई समेटिएको छ ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत छ । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन छ ।

शवीर श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘कहिँ कतै’का पोष्टर टौवा क्रियशनले तयार पारेको हो । चलचित्रलाई काठमाडांै उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दैछन् भने डिजिटल वितरण हाइलाइट्स नेपालले गरेको छ ।

सिवानी र सोनमले यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गरेका हुन् । सिक्किम स्थायी घर भएकी नवनायिका गिरी मिस भारत र मिस हिमालयनमा फष्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली चलचित्रमा अभिनय गरिरहेकी छन् ।