23rd July | 2018 | Monday | 6:12:30 AM

चक्करमा बेडरूमको कथा

  POSTED ON : Sunday, 08 July, 2018 (5:16:34 PM)

चक्करमा बेडरूमको कथा


काठमाडौं । नायक अर्पण थापा र ऋचा शर्माको मुख्य भूमिका रहेको नयाँ चलचित्र ‘चक्कर’को ट्रेलर तथा पोष्टर सार्वजनिक गरिएको छ । आउँदो साउन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलरमा द्वन्द्वलाई प्राथमिकता दिइएका छ । ट्रेलरमा कलाकार द्वय एभोनराज उप्रेती र अर्पण थापाको द्वन्द्व देखिन्छ भने अभिनेत्री द्वय सिर्जना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्यसमेत जोडिएको छ । जसले चलचित्रको कथामाथि केही सस्पेन्स छोड्छ । सेक्स भर्सेज क्राइम चलचित्रको थिम हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अनुष्क रौनियारले चलचित्रमा द्वन्द्वसँगै बेडरूप ड्रामा पनि भएको खुलाए । उनले यो चलचित्रमा बेडरुमबाट धेरै कथा अगाडि बढ्ने भएकाले बेडरुम ड्रामा मुभी भन्न मिल्ने बताए । चलचित्रको सम्पादन र निर्देशक रौनियारले नै गरेका हुन् भने कथा, पटकथा तथा संवाद अनुष्कको हो । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार चलचित्रमा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।

नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको हो । अभिनेत्री ऋचाले केही फरक स्वाद पस्किने फिल्म बनेको र आफूले पहिलोपटक प्रहरीको भूमिका निभाएको भन्दै दर्शकलाइ मन पर्ने खुराक ‘चक्कर’ बनेको बताइन् ।