18th November | 2018 | Sunday | 5:57:33 PM

सन्नीको बायोपिकमा आफैं नायिका

  POSTED ON : Sunday, 08 July, 2018 (5:20:35 PM)

सन्नीको बायोपिकमा आफैं नायिका

मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक वेब सिरिज निर्माण हुने भनिएसँगै उनका फ्यानहरूका लागि कौतुहल्ताको विषय बनेको छ । पोर्न फिल्मको पृष्ठभूमि भएकी सन्नीको जीवनमा कस्ताकस्ता घटना घटेका रहेछन् भन्ने जिज्ञाशा धेरैमा छ । यसैबीच उनको बायोपिक वेब सिरिजको ट्रेलर सार्वजनिक भइसकेको छ । यो बायोपिकमा आफ्नो भूमिका सन्नी आफैंले निभाएकी छन् ।

‘करणजित कौरस एन अनटोल्ड सटोरी अफ सन्नी लियोनी ।’ बायोपिकको नाम राखिएको छ । सार्वजनिक भएको ट्रेलरमा सन्नीको बाल्यकालदेखि बलिउडको यात्रासम्मका झलक समेटिएको छ । सन्नी परिवार विपन्न थियो । उनका बाबु चाहन्थे कि सन्नीले आफ्नो खर्च आफैं जुटाउन् । उनले सानोमा पत्रिका बेच्ने काम पनि गरेकी थिइन् । सन्नीको वास्तविक नाम करणजित कौर हो ।

सन्नी पोर्न इन्डष्ट्रीमा कसरी आइन् भन्ने कथा पनि यो बायोपिकले बताउँछ । त्यसैगरी बिग बोसमा भाग लिएर बलिउडमा इन्ट्री गर्दासम्मको कथा यसमा समेटिएको छ । आदित्य दत्तले निर्देशन गरेको यो वेब सिरिजको पहिलो सिजन जी ५ एपमा जुलाई १६ देखि प्रशारण हुनेछ । 



Views: 10

सम्बन्धित सामग्री:

आर्यनको दाह्री गेटअप

: Thursday, 15 November, 2018 (7:47:18 PM)