18th November | 2018 | Sunday | 5:33:32 PM

वास्तविक कथा र पात्रको बोबी

हिमालय टाइम्स   POSTED ON : Monday, 09 July, 2018 (3:41:47 PM)

वास्तविक कथा र पात्रको बोबी

काठमाडौं । वास्तविक कथामा निर्माण हुँने चलचित्रहरू धेरै छन् । नेपाली चलचित्रमा पनि थुप्रै वास्तविक कथामा बनेका छन् तर वास्तविक कथा र त्यही कथाका पात्रहरू चलचित्रमा देखिनु नौलो कुरा हुन्छ । 

कसैको वास्तविक जीवनको भोगाइलाई चलचित्रमा उतार्दा अन्य कलाकारहरूले अभिनय गरिदिन्छन् तर यही असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको वास्तविक कथामा निर्माण भएको नेपाली चलचित्र ‘बोबी’मा भने वास्तविक पात्रले नै अभिनय गरेका छन् ।

निर्देशक मिलन चाम्सले उमेश थापा र कविता गुरुङको जीवनका भोगाइहरू सुनेपछि चलचित्र बनाउने सोच राखेका थिए । चलचित्रक्षेत्रका चलेका कलाकारलाई अभिनय गराउने सोंच राखे तर केही कलाकारले समय दिन नभ्याउने भएपछि उनले उमेश र कवितालाई नै अभिनयका लागि अफर गरे तर उनीहरू त्यो कुरालाई मजाक सम्झेर मिलनलाई ठट्टामा उडाए । अन्ततः उनीहरूले नै चलचित्रका कडा मिहिनेत गरेर अभिनय गरेका छन् ।

‘सुरुमा मिलन दाइले तिमीहरूले नै आफ्नै कथाको चलचित्रमा अभिनय गर्नुपर्छभन्दा ठट्टा गरेको भनेका थियौं, सक्छु भन्ने लागेकै थिएन’, उमेशले आइतबार राजधानीमा राखिएको पत्रकार भेटघाट कार्यक्रममा भने । 

उनले अभिनय सिक्न कडा मिहिनेत गरेको बताए । ‘धेरै मिहिनेत गरेर फिल्डमा जाँदा पनि आँट आउँदो रहेनछ, कतिपटक त सुटिङ नै छोडेर हिडौं कि जस्तो भएको थियो’, उनी थप्छन् । यस्तै कविताले आफूहरूको जीवतको दुःख सुखको कथा आम दर्शकलाई देखाउन आतुर भएको बताइन् । उनले आफूहरूले भोगेका कुरा पर्दामा हेर्न आफूहरू आतुरभन्दा अरूलाई देखाउन आतुर भएको बताइन् । 

निर्देशक चाम्सले वास्तविक जीवनमा भोगेका कुरालाई केही पनि परिवर्तन नगरी पर्दामा देखाइएको बताए । ‘हामीले पर्दामा देखाउँदा वास्तविक कथा र पात्रमात्र होइन, वास्तविक ठाउँलाई देखाएका छौं, जहाँ कि, उनीहरूको पहिलो भेट भएको स्विमिङ पुल, मन्दिरजस्ता कुरा सबै वास्तविक ठाउँ हुन्’, चाम्सले भने । उमेश र कविता नेपालको एक विपन्न परिवारमा जन्मिएका पात्र हुन् ।

उनीहरूले परिवारको अनुमति विना अन्तरजातीय विवाह गरेका थिए । प्रेमपछि जीवनमा भोगेका विभिन्न दुःख र सुखका कथा चलचित्रमा देखाइएको छ ।


Views: 9

सम्बन्धित सामग्री:

आर्यनको दाह्री गेटअप

: Thursday, 15 November, 2018 (7:47:18 PM)