काठमाडौं । हिमालय टाइम्सकर्मी गोपिकृष्ण चापागाईं सम्मानित भएका छन् । ओएस नेपाल म्युजिक अवार्डको दोस्रो संस्करणमा चापागाईंलाई युवा पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कार प्रदान गरियो ।
उनलाई नेपाली रंग पत्रकारिताको माध्यमबाट नेपाली गीतसंगीत तथा कलक्षेत्रमा योगदान पु¥याएको भन्दै दोसल्ला र सम्मान पत्रसहित प्रोत्साहनस्वरूप नगद पाँच हजार रुपैयाँ प्रदान गरियो । चापागाईं विगत केही वर्षदेखि हिमालय टाइम्स राष्ट्रिय दैनिकमा आबद्ध छन् । सम्मानपत्र ग्रहण गर्दै चापागाईंले आयोजक ओएस नेपाल डटकमलाई धन्यवाद दिएका थिए ।
उनीसँगै युवा पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कार रमाइलो छ डटकमका उत्सव रमाइलीले पाए । यस्तै अन्य ८ पत्रकारलाई ओएस नेपाल पत्रकारिता सम्मान २०७५ बाट सम्मान गरियो । कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, एनटिभी प्लसमा आबद्ध रहेका दिनेश सिटौला, रेडियो काठमाडांैका स्टेसन म्यानेन्जर चन्द्रमणि गौतम, टिभी टुडेका लोक सञ्चारकर्मी रमेश बस्नेत, अनलाइन पत्रिका रातोपाटीका कुबेर गिरी, नागरिक दैनिकका सामिप्य तिमिल्सिना, रेडियो नेपालका रामअविरल थापा, मिलाप मासिकबाट गीता अधिकारी र पत्रकार सीमा गुरुङलाई ओएस नेपाल पत्रकारिता सम्मान २०७५ बाट सम्मानित गरियो ।
ओएस नेपाल म्युजिक अवार्डले प्रत्येक वर्ष नेपाली कलाक्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याउँदै आएका केही पत्रकारहरूलाई सम्मान गर्ने गरेको छ । कार्यक्रम संयोजक विवेक कार्कीका अनुसार अन्य वर्षमा पनि कलाक्षेत्रका पत्रकारलाई सम्मान गरिने बताए ।
Views: 17