17th July | 2018 | Tuesday | 1:28:30 PM

अनुमतिका लागि मात्र सञ्जयलाई १० करोड

हिमालय टाइम्स   POSTED ON : Tuesday, 10 July, 2018 (3:40:11 PM)

अनुमतिका लागि मात्र सञ्जयलाई १० करोड

मुम्बई (एजेन्सी) । अहिले बलिउड चलचित्र ‘सञ्जू’ नेपालमा पनि खुबै हिट छ । नेपालका अधिकांश क्युएफएक्स सिनेमा हल अझैपनि हाउसफूल छन् । अग्रिम बुकिङ गरेर दर्शकले हेरिरहेका छन् । बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जू’ मा सन्जयको भूमिका रणवीरले गरेका छन् । जुन २९ बाट प्रदर्शनमा आएको यो चलचित्रले झण्डै साढे दुई करोडको कलेक्सन गरिसकेको छ ।

सञ्जयको जीवनमा घटेका घटनाक्रमलाई पर्दामा उतार्ने अनुमतिका लागि मात्रै सञ्जयले करोडौं रुपैयाँ बुझेको खबर छ । बलिउड एक पत्रिकाका अनुसार सञ्जयले १० करोड रुपैयाँ र चलचित्रको प्रोफिटको केही हिस्सा लिएका छन् । चलचित्रका निर्देशक राजकुमार हिरानीले एक अन्तर्वार्तामा भनेका छन्, ‘हामी राम्रो कहानीको खोजीमा रहन्छौँ । राम्रो कन्टेन्टको स्वार्थमा हामी यो कहानीसम्म पुग्यौँ ।’ चलचित्रमा रणवीरसँगै परेश रावल, विक्की कौशल, जिम सरभ, मनीषा कोइराला, दिया मिर्जा, अनुष्का शर्मा र सोनम कपूर पनि छन् । चलचित्रमा रणवीर र विक्कीको अभिनयको चौतर्फी तारिफ भइरहेको छ ।