19th November | 2018 | Monday | 11:46:08 AM

फेरि आयो रुवाउन नाई नभन्नू ल ५ (ट्रेलरसहित)

हिमालय टाइम्स   POSTED ON : Wednesday, 11 July, 2018 (3:12:24 PM)

फेरि आयो रुवाउन नाई नभन्नू ल ५ (ट्रेलरसहित)

काठमाडौं । नाई न भन्नू ल को पाँचौँ सिक्वेलले दर्शक रुवाउने देखिएको छ । मंगलबार राजधानीमा कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरलाई हेर्दा दर्शकलाई रुवाउने बुझ्न सकिन्छ । यसअघिका सिक्वेलले दर्शकलाई हसाउने भन्दा बढी रुवाएको थियो यो सिक्वेलमा पनि सेन्टिमेन्टल सिन बढी देखिन्छन् । ट्रेलरका अधिकांश कलाकारको आँखामा आँशु छ त्यसले पनि दर्शकको आँखामा आँशु ल्याउन सक्छ ।

ट्रेलरमा मुख्य कलाकार स्वस्तीमा खड्का, केकी अधिकारी, प्रियंका कार्की, निरुता सिंह, दिलिप रायमाझी, अभिषेक नेपाल र बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मालाई फिचर्ड गरिएको छ । यो चलचित्रमा निरुता सिंहको विशेष भूमिका छ । लामोसमय नेपाली चलचित्रबाट टाढा रहेकी निरुताले नेपाल आएका बेला चलचित्रमा अभिनय गर्ने इच्छा देखाएपछि निर्देशक विकाश आचार्यले उनलाई अवसर दिएका थिए । 

चलचित्र पारिवारिक कथामा निर्माण गरिएको निर्देशक आचार्यले बताएका छन् । हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणि दाहाल हुन् । चलचित्रमा अभिषेक नेपाल र बालकलाकार सेड्रिना शर्माले डेब्यू गर्दैछन् । जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रमा वसन्त सापकोटाको संगीत, अर्जुन जिसीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्र आउँदो भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।


Views: 19