20th September | 2018 | Thursday | 5:01:57 AM

चलचित्र अनुरागको पोस्टर सार्वजनिक

  POSTED ON : Wednesday, 11 July, 2018 (7:40:51 PM)

चलचित्र अनुरागको पोस्टर सार्वजनिक

हिमालय टाइम्स

काठमाडौं । असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा नव अभिनेत्री एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । कान्छा दाई र यस्तो साथी बोलका दुई गीत सार्वजनिक भइसकेको अवस्थामा सार्वजनिक पोस्टरले फिल्मप्रतिको उत्सुकता झनै बढाएको छ । 

‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

निर्माता तथा अभिनेत्री एलिजा पत्रकार ऋषि धमलाकी श्रीमती हुन् ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । अनुरागमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्मार्ण नियन्त्रक नबिन पुरी रहेका छन ।  भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने छायाँकन रामकुमार केसीले गरेका छन् ।


Views: 0