17th July | 2018 | Tuesday | 1:13:46 PM

दोहोरी भयो फोहोरी !

  POSTED ON : Thursday, 12 July, 2018 (7:46:27 PM)

दोहोरी भयो फोहोरी !

काठमाडौं । ज्योती मगर भन्ने बित्तिकै हट गायिकाको ट्याग झुण्डिन्छ । स्टेजमा हट अवतारमा उत्रिएर दर्शक नचाउने भनेर उनलाई लामो समयदेखि चिनिँदै आएको छ । उनले केही मौलिक गीत गाएका भएपनि स्टेजमा छोटा कपडामा प्रस्तुति दिने भएकाले दर्शकले पनि उनलाई फरक तरिकाले हेर्ने गर्छन् । कतिपय दर्शक तथा दोहोरी गीत क्षेत्रकै कलाकारले ज्योती आएपछि दोहोरी गीत फोहोरी भयो भन्ने गरेको पाइन्छ । तर, ज्योती आफ्नै पारामा गीत संगीतमा लागिरहेकी छन् । उनले वर्षैपिच्छे तीज गीत बजारमा ल्याउने गरेकी छन् । प्रायः सारीमा नदेखिने ज्योती तीजमा भने सारी लगाएर नाच्ने गर्छिन् । यस्तै, केही दिनअघि राजधानीको युएन पार्कमा फरक तीज गीतको छायांकनमा ज्योतीलाई भेटियो । उनी छायांकनस्थलमा सारी मै थिइन् तर गीतका शब्द भने निकै फरक थिए । ज्योतीसँगै भूमिका गिरीको स्वर रहेको उक्त तीज गीतका शब्दले ज्योतीलाई नै गाली गरिरहेका थिए ।

रातै पर्न लाग्यो दिदी तिमीलाई नै पर्खँदा,

ओई रक्सी चाहिन्छ भन्छेऊ अरे तीजमा दर खाँदा ।।

दोहोरी गीत फोहोरी भो भन्छन् तिमी आएर,

गीत बिगा¥यो छोटा छोटा लुगा लाएर ।।

यहाँ उल्लेख गरिएका शब्द त्यसै तीज गीतमा समावेश छन् । यी शब्द गीतमा बहिनी (भूमिका) ले दिदी (ज्योती) लाई भनेकी हुन्छिन् । यस्तै, ज्योतीले पनि ‘तिमीले गाउँदा राम्रो हुने मैले गाउँदा नराम्रो, कठैबरा कत्ति सानो सोचाइँ छ हाम्रो’ जस्ता शब्दबाट फर्काएकी हुन्छिन् । 

ज्योतीले गतवर्ष बजारमा ल्याएको तीज गीतको रिप्लाईका लागि यो गीत बनाएको देखिन्छ । गत वर्षको गीतमा उनले रक्सी खाएका कुरा समावेश गरेकी थिइन । भूमिकाले पछिल्लोसमय धेरै केटा र केटीको जुहारीका तीज गीत बन्ने गरेकाले अहिले दिदी–बहिनीको जुहारीको गीत बजारमा ल्याउन लागेको बताइन् । यस्तै, ज्योती पनि तीज पर्व महिलाहरूको भएकाले महिला–महिला मात्र भएर तीज गीत गाउनुपर्ने बताउँछिन् । ‘वास्तवमा तीज पर्व महिलाहरूका लागि हो, अहिले पुरुषहरूले बढी गीत गाउन थालेका छन्,’ ज्योती भन्छिन् । उनले चर्चाकै लागि आपूmले गीत बजारमा ल्याउने गरेको बताइन् । धेरैले विभिन्न तर्क दिएपछि उनले चर्चा तथा हिट हुनकै लागि गीत गाउने गरेको बताइन् । ‘धेरैले सोध्नुहुन्छ, चर्चाकै लागि यो गीत निकाल्नुभएको हो ? यो प्रश्न नै गलत भन्छु किन कि गीत निकाल्ने हिट हुनकै लागि हो, जसले पनि गीत बजारमा आइसकेपछि चर्चा होस्, हिट होस् भन्ने चाहान्छ,’ उनले भनिन् । उनले गीत बजारमा आएपछि विभिन्न गसिप बन्ने गरेकामा यस्ता कुरा भइरहन्छन् भन्दै सहजरुपमा लिने गरेकी छन् ।