18th October | 2018 | Thursday | 1:39:01 PM

युनिता मिस वल्र्ड डाइभर्सिटी

  POSTED ON : Tuesday, 17 July, 2018 (8:29:43 PM)

युनिता मिस वल्र्ड डाइभर्सिटी

काठमाडौं । नेपालकी युनिता खत्रीले ‘मिस वल्र्ड डाइभर्सिटी’ को उपाधि हात पारेकी छन् । दुबईको वर्गस्थित अरेबिया पार्क होटलमा आयोजना भएको सो प्रतियोगिता ‘मिस वल्र्ड डाइभर्सिटी’ को दोस्रो संस्करण हो । युनिताले उपाधिसँगै बेस्ट डान्सको समेत उपाधि जितिन् भने भारतकी प्रतियोगी फस्ट रनरअप भएकी थिइन् । 

युनिता यसअघि ‘मिस ई–कलेज २०१६’ मा सेकेण्ड रनरअप भएकी थिइन् । ‘मिस राजधानी’ मा ‘मिस वल्र्ड’ शीर्षकअन्तर्गतको उपाधि जितेपछि उनलाई सोही उपाधीका आधारमा डाइभर्सिटी प्रतियोगिताका लागि छनोट गरिएको थियो प्रतियोगितामा जानुअघि उनले आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिभा देखाउने अवसर पाएको बताएकी थिइन् । साथै, उनले ‘देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने यो महŒवपूर्ण अवसर पनि हो,’ भनिन् । संस्कृति, प्रतिभा र ¥याम वाक गरी विभिन्न प्रतियोगीले प्रतिभा प्रदर्शन गरेपछि उनी विजयी भएकी हुन् । युनिताको वियजलाई केहीले प्रमुख अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा नेपालको पहिलो महŒवपूर्ण विजय मानेका छन् ।


Views: 5