17th December | 2018 | Monday | 6:19:59 PM

उपत्यकामा बक्स अफिस लागू

हिमालय टाइम्स   POSTED ON : Wednesday, 18 July, 2018 (2:17:54 PM)

उपत्यकामा बक्स अफिस लागू

काठमाडौं । नेपाली चलचित्रको आम्दानीको हिसाब किताब राख्ने बक्स अफिस उपत्यकामा लागू भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा सञ्चारमन्त्री गोकुल बास्कोटाले उपत्यकामा बक्स अफिस प्रणालीको उद्घाटन गरे । 

राजधानीमा रहेका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटरमा अब बक्स अफिस लागू हुनेछ । बाँकी रहेका केहिहलमा पनि छिट्टै बक्स अफिस सञ्चालनमा आउने बताइएको छ । कार्यक्रममा बोल्दै सञ्चारमन्त्री बास्कोटाले निर्माताहरूको लामो समयदेखिको दुखेसोको अन्त्य भएको बताए । उनले अब निर्माताहरूको घरघडेरी डुबाउनुपर्ने दिन गएको बताए । 

उनले बक्स अफिस धेरै दबाब र विवादका बीच लागू गर्न सफल भएको बताए । ‘बक्स अफिसका लागि विवाद र दबाब धेरै थिए । ‘सपना साकार हुन्छ भन्ने प्रमाण यही हो’, उनी भन्छन् । यस्तै मन्त्री बास्कोटाले नेपाली टेलिभिजनमा बज्ने विदेशी विज्ञापनको पनि अन्त्य हुने बताए । उनले अब विदेशी विज्ञापनमा पनि नेपाली कलाकारहरूको अभिनय देख्न पाउने व्यवस्था छिट्टै आउने बताए । 

प्रत्येक सिंगल र मल्टिप्लेक्स हलमा कम्प्युटरजडिन भएपछि सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउने गर्छ । यसो हुँदा निर्माताले आफ्नो चलचित्रको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न सक्नेछन् । 

नेपालमा सुविधासम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले कम्प्युटरजडित बक्स अफिस सञ्चालन गरिरहेको भए पनि सिंगल थिएटरमा यो प्रयोगमा थिएन । ‘बक्सअफिस’ सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग सरोकार राख्ने व्यक्तिको उपस्थिति थियो ।


Views: 14

सम्बन्धित सामग्री:

बुलबुल टिजर सार्वजनिक

: Sunday, 16 December, 2018 (7:27:06 PM)