18th July | 2019 | Thursday | 2:05:29 AM

‘१२ मासे’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

हिमालय टाइम्स   POSTED ON : श्रावण २, २०७५ (७:२२ AM)

‘१२ मासे’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं । आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ मासे’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरले दर्शक हसाउँछ । चलचित्रमा अभिनय गरेका सबैजसो कलाकारलाई ट्रेलरमा देखाइएको छ । चलचित्रमा हास्य कलाकारको बाहुल्यता छ । ट्रेलर हेर्दा चलचित्रमा जुवा तासमा हल्लिने युवा तथा वृद्धको कथालाई उठाइएको छ । 

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्देशक लय संग्रौलाले चलचित्र विशुद्ध हास्य प्रदान रहेको बताए । कार्यक्रममा नक्कली प्रचण्ड भनेर चिनिने चलचित्रका स्क्रिप्ट लेखक तथा निर्माता प्रदीप पाठकले कमेडी प्रस्तुतिसमेत दिएका थिए । कार्यक्रममा ट्रेलरसँगै पोष्टर पनि देखाइएको थियो ।

चलचित्रमा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । वासु न्यौपानेले छायांकन गरेको चलचित्रलाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् । 


Views: 64