17th December | 2018 | Monday | 5:48:27 PM

गीतका लागि दरबारिया पोशाक

हिमालय टाइम्स   POSTED ON : Thursday, 19 July, 2018 (2:57:25 PM)

गीतका लागि दरबारिया पोशाक

काठमाडौं । आउँदो भदौ २२ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘सुश्री सम्पति’को अहिले छायांकनको काम भइरहेको छ । अहिले चलचित्रमा समावेश ‘हुकुम’ बोलको गीतको छायांक भइरहेको निर्माण युनिटले जानकारी दिएको छ । दरबारमा भारदारहरूसँगको नाँच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहीअनुरूप तयार गरिएको छ ।

झण्डै ८० भन्दा बढी कोरससहित सो गीतमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड छन् । गीतलाई गम्भीर विष्टले निर्देशन गरिरहेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा विशाल राई र मेलिना राइको स्वर छ । गीतलाई शिवराम श्रेष्ठले छायांकन गरिरहेका छन् । चलचित्रका छायांकार भने अर्जुन तिवारी हुन् । 

रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको यस चलचित्रको गीतको पाटन दरबारलगायतको रमणीय दृश्यमा छायांकन भइरहेको छ । चलचित्रको विषयमा बोल्दै निर्देशक आचार्यले चलचित्रको यो गीतबाहेक छायांकनको अन्य सबैकाम सकिएको बताए । ‘गीतलाई केही फरक बनाउन भनेर केही समय ब्रेक लिएका हांै । रेगुलर शुटिङकै क्रममा छायाँकन गर्दा कोरियोग्राफरसँग राम्रो छलफल गर्न पाइँदैन, फरक बनाउनकै लागि छलफलमै छौं,’ उनले भने । यस्तै कोरियोग्राफर गम्भीर विष्टले दरबारिया पोशाकमा कलाकारलाई प्रस्तुत गरेको बताए । ‘यो गीत कसरी आउँछ र किन यस्तो कन्सेप्टमा गरियो भन्ने जिज्ञाशा फिल्ममा हेर्दा नै मेटिन्छ’, विष्टले भने ।

चलचित्रमा प्रमोद अग्रहरि, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारको अभिनय छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । 

अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । चलचित्र उपत्यकामा बिके फिल्मस्का गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् । चलचित्र भरत रेग्मीले सम्पादन गरिरहेका छन् । 


Views: 35

सम्बन्धित सामग्री:

बुलबुल टिजर सार्वजनिक

: Sunday, 16 December, 2018 (7:27:06 PM)