17th December | 2018 | Monday | 5:31:07 PM

हलमा नेपालीको यथार्थ कथाको भैरे

हिमालय टाइम्स   POSTED ON : Friday, 20 July, 2018 (3:03:15 PM)

हलमा नेपालीको यथार्थ कथाको भैरे

काठमाडौं । आजबाट चलचित्र ‘भैरे’ देशभर एकसाथ प्रदर्शनमा आएको छ । यो बक्स अफिस लागू भएसँगै प्रदर्शनमा आएको नयाँ चलचित्र हो । बिहीबार राजधानीमा पत्रकार भेटघाट गर्दै चलचित्र युनिटले चलचित्रको विषयबारे जानकारी गरायो । चलचित्रका कलाकारले छायांकनको बेलाका आआफ्नो अनुभव सुनाए । 

चलचित्रका नायका दयाहाङ राईले आफूलाई निकै मनपरेको कथाको चलचित्रमा काम गर्न पाएको बताए । यस्तै उनले चलचित्रमा काम गर्दा निकै गाह्रो भएको र अहिले प्रतिफल आउन लाग्दा उत्साहित भएको बताए । उनले चलचित्र आफ्नो टाइपको भएको बताए । 

चलचित्रका अर्का कलाकार बुद्धि तामाङले यो चलचित्रले नेपाली परिवेशको कथा बोल्ने भन्दै अग्र्यानिक विषय उठाइएको बताए । यस्तै नायिका वर्षा शिवाकोटीले छायांकनको समयमा जाडोले सताएको अनुभव सुनाइन् । चलचित्रले देशमै केही गर्न सकिन्छ भन्ने कथालाई उठान गरेको अर्की नायिका सुरक्षा पन्तको तर्क थियो । उनले पनि चलचित्रको कथावस्तु निकै पावरफूल रहेको बताइन् ।

अर्की नायिका जान्वी बोहराले चलचित्रमा काम गर्दा रमाइलो भएको भन्दै आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने सुनाइन् । उनले एक गाउँको महिलाको भूमिका निभाएकी छन् । यस्तै चलचित्रका निर्देशक एभरेष्ट सूर्य बोहराले आफूहरूले मिहिनेतका साथ चलचित्र निर्माण गरेको र दर्शकको माया पाउनेमा विश्वस्त रहेको बताए । 

उनले चलचित्रमा वैदेशिक रोजगारमा नगएर नेपालमै केही गर्न सकिन्छ भन्ने नेपालको यथार्थ कथामा चलचित्र बनेको बताए । 


Views: 21

सम्बन्धित सामग्री:

बुलबुल टिजर सार्वजनिक

: Sunday, 16 December, 2018 (7:27:06 PM)