18th October | 2018 | Thursday | 1:39:37 PM

बाहुबली ३ मा के हुन्छ ?

  POSTED ON : Sunday, 05 August, 2018 (7:51:30 PM)

बाहुबली ३ मा के हुन्छ ?


मुम्बई (एजेन्सी) । बलिउडको इतिहासमै सर्वाधिक व्यापार गरेको चलचित्र ‘बाहुबली’ को दोस्रो रिलिजसम्म दर्शकले हेरिसकेका छन् । पहिलो सिरिजको कथाको अन्त्यले दोस्रो सिरिजको माग गरेको हुन्छ र दर्शकलाई हेर्न कौतुहल हुन्छ । त्यसैले दर्शक दोस्रो सिरिज विशेष रहृयो । तर, यसै चलचित्रको तेस्रो सिरिज निर्माण हुने भएको छ । 

यसअघि ‘बाहुबली–द बिगिनिङ’ र ‘बाहुबली–द कन्क्लुजन’ नाम दिइएर बनाइएको चलचित्र सफल भएसँगै अब ‘बाहुबली विफोर द बिगिनिङ’ नाम दिइएर निर्माण गर्न लागिएको छ । यो चलचित्रमा अब के हुन्छ भन्ने धेरैको जिज्ञासाको विषय छ । यस सिरिजमा दुवै चलचित्रमा देखाइएको कथाको इतिहास प्रस्तुत गरिनेछ । 

अर्थात् बाहुबलीको कथा पछाडि फर्किनेछ । यसमा शिवगामीको यात्रा देखाइनेछ । शिवगामी एक विद्रोही केटीबाट एक चतुर र अद्वितीय रानी कसरी बनिन् भन्ने यसमा प्रस्तुत गरिनेछ । यो प्रिक्वेट आनन्द नीलकण्ठनको किताब ‘द राइज अफ शिवगामी’ मा आधारित हुने बताइएको छ । ‘बाहुबली विफोर द बिगिनिङ’ नाममा दुई सिरिज बन्नेछन् । यो सिरिजको निर्देशन भारतीय–अमेरिकी निर्देशक देव कट्टा र निर्देशक प्रवीण सतारुले एकसाथ गर्नेछन् ।


Views: 3