21st October | 2018 | Sunday | 8:10:09 AM

सेड्रिना–अनुभवको बालापन (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : Monday, 06 August, 2018 (5:00:09 PM)

सेड्रिना–अनुभवको बालापन (भिडियोसहित)

काठमाडौं । आउँदो भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘नाईं नभन्नू ल ५’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । बालापनको उमेर शीर्षकको गीतमा बसन्त सापकोटाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको छ । 

आफ्ना हरेक चलचित्रबाट कलाकार तथा गायकगायिकालाई अवसर दिँदै आएका निर्देशक विकास आचार्यले यो गीतबाट समीक्षा अधिकारीलाई मौका दिएका हुन् । ‘छक्का पञ्जा ३’ को सुटिङको समयमा स्कुलको कार्यक्रममा समीक्षालाई ‘नाईं नभन्नू ल’ कै गीत गाइरहेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान र मुख्य सहायक निर्देशक सुदीप कुँवरले भेटेपछि दुवैले समीक्षालाई फेसबुकमा लाइभ गीत गाउन लगाएका थिए । नयाँ गीत रेकर्डको क्रममा बाल आवाजको खोजी भइरहेको समयमा समीक्षाको आवाज सुनेपछि संगीतकार बसन्त सापकोटा र निर्देशक आचार्यले समीक्षालाई पोखराबाट झिकाइ गीत रेकर्ड गराएका थिए ।

अनुभव र सेड्रिनाको नृत्य रहेको गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, अभिषेक नेपाल आदिको अभिनय रहेको छ । गीतको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने सम्पादन अर्जुन जिसीको रहेको छ । 


Views: 9