17th December | 2018 | Monday | 5:36:24 PM

धुर्मुस–सुन्तली फिल्म बनाउने तयारीमा

  POSTED ON : Monday, 06 August, 2018 (10:02:45 PM)

धुर्मुस–सुन्तली फिल्म बनाउने तयारीमा


काठमाडौँ । चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्म निर्माणको तयारीमा लागेका छन् ।

चलचित्र विकास बोर्डमा केही दिनअघि यो जोडीले ‘एन्टिभाइरस’ नामक फिल्म दर्ता समेत गरिसकेको छ ।

फिल्मको स्कृप्ट तयारीका लागि धुर्मुस सुन्तलीसहित एक टोली पोखरा पुगेको छ । टोलीमा हास्यव्यंग्य कलाकार मनोज गजुरेल, तथा भद्रगोलका कलाकारहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल ‘जिग्री’, दिपक आचार्य ‘काकु’ लगायतका कलाकार रहेको जनाएका छन् ।

यसअघि नगरकोटमा बसेर एउटा खाका बनाए पनि त्यो चित्त नबुझेपछि उनीहरु पोखरा पुगेका हुन् । फिल्मलाई मनोरञ्जनात्मक मात्रै नभएर सन्देशमुलक पनि बनाउने विषयमा टिममा छलफल भएको छ ।

चलचित्र विकास बोर्डमा ‘एन्टिभाइरस’ नाममा फिल्म दर्ता गरिएपनि यो नाम परिवर्तन हुने सम्भावना पनि उक्तिकै रहेको छ । 


Views: 9

सम्बन्धित सामग्री:

बुलबुल टिजर सार्वजनिक

: Sunday, 16 December, 2018 (7:27:06 PM)