11th December | 2018 | Tuesday | 6:36:57 PM

अब सृष्टिसँग आर्यनको पालो

हिमालय टाइम्स   POSTED ON : Wednesday, 08 August, 2018 (4:38:29 PM)

अब सृष्टिसँग आर्यनको पालो

काठमाडौं (हिटा) । नायिका सृष्टि श्रेष्ठ अभिनित चलचित्र एकपछि अर्को गर्दै प्रदर्शनमा आइरहेका छन् । केही साताअघिमात्रै उनी अभिनित ‘रोमियो एण्ड मुना’ प्रदर्शनमा आयो । उनीसँग नायक विनय श्रेष्ठ देखिएका थिए । यस्तै अब सृष्टि नायक आर्यन अधिकारीसँग अर्को चलचित्रमा देखिँदै छिन् । 

चलचित्र ‘बाँध मायाले’ मा सृष्टि र आर्यनको जोडी बाँधिएको छ । आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र सवीर श्रेष्ठले निर्देशन गरेका हुन् । 

चलचित्रमा समावेश एक गीतको छायांकन हालै सकिएको छ । अर्जुन पोखरेलले संगीत दिएको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । कुलेखानी र राजधानीमा पाँच दिन लगाएर चलचित्रको गीत खिचिएको निर्देशक श्रेष्ठले जानकारी दिए । 

रामहरि धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको चलचित्र बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । 


Views: 11