21st October | 2018 | Sunday | 6:52:44 AM

‘कथा काठमाण्डु’को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

हिमालय टाइम्स   POSTED ON : Thursday, 09 August, 2018 (9:38:35 PM)

‘कथा काठमाण्डु’को दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘कथा काठमाण्डु’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘जुन अनी तारा’ बोलको गीतले चलचित्रका पात्रहरुको चरित्र चित्रण गर्न खोजेको छ । यस अघि सार्वजनिक भएको पहिलो गीत भने आलोचित बन्न पुगेको थियो ।

असोजको १२ गते चलचित्र रिलिज हुने भनिएको छ । 

यस गीतमा सुगम पोखरेलको स्वर, दिपेश सुब्बाको संगीत रहेको उक्त गीतको शब्द भने इशान सुब्बाको हो ।

उक्त गीतको भिडियोमा चलचित्रकी नायिका प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला लगायतको अभिनय छ ।

चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । 


Views: 32