19th November | 2018 | Monday | 1:10:52 PM

ट्रेलरमा बाँध मायाले-ट्रेलर सहित

  POSTED ON : Sunday, 02 September, 2018 (9:08:50 PM)

ट्रेलरमा बाँध मायाले-ट्रेलर सहित

काठमाडौं (हिटा) । आगामी असोज ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक गरिएको छ । नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ स्टारर यो चलचित्र प्रेम र प्रेममा आइपर्ने द्वन्द्वको विषयमा निर्माण भएको चलचित्र हो । 

ट्रेलरमा पनि आर्यन र सृष्टिबीचको प्रेमलाई देखाइएको छ । उनीहरू अर्जुन र श्रद्धाको भूमिकामा छन् । ट्रेलरमा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकारहरू राजाराम पौडल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङ पनि देखिएका छन् । निर्देशक सवीर श्रेष्ठले ट्रेलरले दर्शकको ध्यान तान्ने बताउँछन् । एक गीत, टिजर, ट्रेलर सार्वजनिक भइसकेको यो चलचित्रमा अब अन्य दुई गीत रहेका छन् । 

काइट्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र ‘बाँध मायाले’ मा रामहरि धिताल र विभिषिका श्रेष्ठ निर्माताको रूपमा रहेका छन् भने सहनिर्मातामा महेन्द्र अधिकारी र केदार धिताल छन् । अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छन् । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन् । 


Views: 26