19th November | 2018 | Monday | 12:29:24 PM

ट्रेलरमा कथा काठमाण्डू (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : Tuesday, 04 September, 2018 (3:55:46 PM)

ट्रेलरमा कथा काठमाण्डू (भिडियोसहित)

काठमाडौं । केही सातायता चलचित्र ‘कथा काठमाण्डू’ विभिन्न कारणले चर्चामा छ । चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीत सार्वजनिक गरिएलगत्तै चलचित्रले हाइप लिएको थियो । चलचित्रमा प्रियंका कार्कीले दिएको बोल्ड सिनका कारण गीतको बढी चर्चा भयो र चलचित्रको पनि उत्तिकै चर्चा छ । 

काठमाडौंका युवायुवतीहरूको कथा चलचित्रमा पाइन्छ, त्यसैअनुरूप प्रियंकाले एक सिन दिएकी छन्, जुन अन्य चलचित्रमा दिएकी थिइनन् । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा काठमाडौंभित्र घटिरहेका घटना अथवा मानिसहरू जीविकोपार्जन गर्न बाध्य भएर यौनधन्दामा संलग्न हुन्छन् भन्ने कुरालाई देखाइएको छ । अभिनेत्री प्रियंकाले यौनधन्दामा संलग्न एक युवतीको भूमिका निभाएकी छन् । ‘कथा काठमाण्डू’ संगीता श्रेष्ठको निर्देशन र लेखनमा बनेको छ । उनको भनाइअनुसार प्रियंका र प्रमोदको इन्टिमेट सिन कथाको मागअनुसारै गीतमा राखिएको हो । आहाना फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व छ । विजय राईले निर्माण गरेको चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज, प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ । चलचित्र लुजा सिंहले खिचेका हुन् । चलचित्र आउँदो असोज १२ गतेबाट प्रदर्शन हुने तयारीमा छ । 


Views: 136