19th November | 2018 | Monday | 12:46:33 PM

देवकोटाको रमाइलो तीजगीत ‘तीजको बरिलै...’ (भिडियोसहित)

  POSTED ON : Tuesday, 04 September, 2018 (8:15:16 PM)

देवकोटाको रमाइलो तीजगीत ‘तीजको बरिलै...’ (भिडियोसहित)

काठमाडौँ । गायक तथा संगीतकार शिवप्रसाद देवकोटाले निक्कै रमाइलो तीजगीत सार्वजनिक गरेका छन् । ‘तीजको बरिलै...’ बोलको गीतबुधबार मात्रै युट्युवमार्फत सार्वजनिक गरेका हुन् । 

यो रमाइलो तीज गीतमा शिवप्रसाद देवकोटालाई स्वरमा प्रेमा रानाले साथ दिएकी छिन् । यो गीतको शब्द, संगीत गायक देवकोटाकै रहेको छ । 

यो गीतको म्यूजिक भिडियो पनितयार भइसकेको छ । म्यूजिक भिडियोको निर्देशनआशिक राईले गरेका छन् भने गीतमाकमल सिंह र सुनिता घिमिरेले नृत्य गरेका छन् । 

युट्युवमा सार्वजनिक भएको २४ घण्टा नबित्दै २५ हजार भन्दा बढीले यो गीतलाई हेरिसकेका छन् । छोटो समयमागीतले लोकप्रियता कमाउँदै गएपछि गायक देवकोटा निक्कै उत्साहित बनेका छन् ।

उनका यसअघिका ‘रातीको १२ बजे...’, ‘न खुसीहुन सक्यौ...’, ‘आमै पकाइदेउन...’ जस्ता गीतहरुले निक्कै चर्चा कमाइसकेका छन् । गायक देवकोटा तिम्ल्याहा डाक्टर छोराका बाबुको रुपमा पनि सर्वत्र परिचित छन् ।

हेर्नुहोस् उनको यो रमाइलो तीजगीत :


Views: 127