22nd September | 2018 | Saturday | 4:33:40 PM

हाँस्य सम्वादको जयभोले (ट्रेलरसहित)

हिमालय टाइम्स   POSTED ON : Friday, 07 September, 2018 (4:06:38 PM)

हाँस्य सम्वादको जयभोले (ट्रेलरसहित)

काठमाडौं । चलचित्र ‘जय भोले’को टे«लर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको उक्त ट्रेलरमा हाँस्य सम्वाद भरपुर पाइन्छ । कार्यक्रममा चलचित्रका थुप्रै कलाकारको उपस्थिति थियो । १२ वर्षपछि चलचित्र निर्देशनमा फर्किएका अशोक शर्माले यो चलचित्र निर्देशन गरेका हुन् । उनले ट्रेलर सार्वजनिक गर्दै सञ्चतारकर्मीका थुप्रै प्रश्नका उत्तर दिएका थिए । विशेषतः यो चलचित्र र अर्को हिट चलचित्र सिरिज ‘छक्का पञ्जा ३’ एकसाथ आउने भएकाले यसै विषयमा धेरै प्रश्न गरिएको थियो । निर्देशक शर्माले ‘छक्का पञ्जा ३’ सँग आफूले सल्लाह गरेको बताए ।

उनले दुवैजनाको सहमतिमै एकै समयमा चलचित्र प्रदर्शन गर्ने निर्णय भएको बताए । साथै उनले दशैँमा चलचित्र प्रदर्शन हुने भनिए पनि निश्चित मिति भने बताएनन् । ‘यही मितिमा आउँछ भन्ने निश्चित नभए पनि दशैँमा आउने पक्का हो र त्यसभित्र पनि दशैँको फूलपातीमा आउने प्रवल सम्भावना छ’, शर्माले भने । शर्माले देशैँभरका धेरैहलमा जय भोले प्रदर्शनमा आउनेसमेत बताए । चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा खगेन्द्रकै मुख्य भूमिका छ । साथै सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धारा भुसाललगायतको अभिनय छ । 

१ करोड ६० लाख रुपैयाँको लागानीमा निर्माण भएको भनिएको यो चलचित्रले दर्शकको साथ पाउनेमा निर्देशक शर्मा आशावादी रहेको बताउँछन् । चलचित्र पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, वसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन छ । 


Views: 0