22nd September | 2018 | Saturday | 4:51:06 PM

कामना फिल्म अवार्डस् २०७५:उत्कृष्ट ५ सार्वजनिक

  POSTED ON : Thursday, 13 September, 2018 (7:38:01 PM)

कामना फिल्म अवार्डस् २०७५:उत्कृष्ट ५ सार्वजनिक

काठमाडौं (हिटा) । सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणअन्तर्गतको उत्कृष्ट पाँचको मनोनयन सूची सार्वजनिक गरिएको छ । ३१ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ अन्तर्गत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, लिली बिली र शत्रु गते मनोयनमा परेका छन् भने निर्देशकमा चलचित्र छक्का पञ्जा २ बाट दीपाश्री निरौला, लिली बिलीबाट मिलन चाम्स, मंगलमबाट नवल नेपाल, शत्रु गतेबाट प्रदीप भट्टराई र कृबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् ।

त्यसैगरी अभिनेतामा छक्का पञ्जाबाट दीपकराज गिरि, घामपानीबाट दयाहाङ राई, भ्mयानाकुटीबाट सौगात मल्ल, कृबाट अनमोल केसी, लिली बिलीबाट प्रदीप खड्का र मंगलमबाट पुष्प खड्का मनोनयमा छन् भने अभिनेत्रीतर्पm ब्लाइन्ड रक्सबाट बेनिषा हमाल, शेरबहादुरबाट मेनुका प्रधान, पञ्चायतबाट निता ढुंगाना, शत्रु गतेबाट प्रियंका कार्की, पिंजडा व्याक अगेनबाट सारा सिरपाली र मंगलमबाट शिल्पा पोखरेल मनोनयमा परेका छन् ।

मनोयनमा सूचीमा छक्का पञ्जा २ सर्वाधिक धेरै १५ विधाको मनोनयनमा परेको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको छक्का पञ्जा २ निर्देशक, अभिनेता, हास्य कलाकार, सहअभिनेता, सहअभिनेत्री, नवअभिनेता, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द्व निर्देशन र शृंगारका लागि मनोयनमा परेको छ । 

यो चलचित्रबाट हास्य कलाकार विधामा २ कलाकार केदार घिमिरे र जयनन्द लामा मनोनयमा परेका छन् । छक्का पञ्जा २ लाई पछयाउँदै ‘कृ’ १३ र ‘ए मेरो हजुर २’ एघार विधाको मनोयनमा परेका छन् । कृ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, खलपात्र, सहअभिनेत्री, नवअभिनेत्री, बालकलाकार, छायांकार, सम्पादन, पाश्र्व संगीत, ध्वनि मिश्रण, द्वन्द्व निर्देशन र शृंगार विधाको मनोनयनमा परेको छ भने ए मेरो हजुर २ नव निर्देशक, नव अभिनेता, सहअभिनेता, बालकलाकार, छायांकन, ध्वनि मिश्रण, सम्पादन, पाश्र्वसंगीत, गीतकार, संगीतकार र नृत्य निर्देशकका लागि मनोनयमा परेको छ । 

त्यसैगरी लिली बिली १० विधाको मनोनयमा परेको छ । चलचित्र पञ्चायत, दुई रुपैयाँ र ग्याङस्टार ब्लुज ४÷४ विधाको मनोयनमा परेका छन् । अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा १ लाख रुपैयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ । त्यसैगरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ ।



Views: 25