22nd September | 2018 | Saturday | 4:32:41 PM

तीजमा दीपक–दीपाको नृत्य

  POSTED ON : Thursday, 13 September, 2018 (7:39:56 PM)

तीजमा दीपक–दीपाको नृत्य

काठमाडौं (हिटा) । नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पाशुपत क्षेत्रमा चलचित्र ‘छक्का पञ्जा ३’ टिमले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । चलचित्रको प्रमोशनका लागि चलचित्रका केही कलाकारले प्रस्तुति दिएका थिए । चलचित्र मुख्य कलाकार, निर्माता तथा लेखक दीपकराज गिरि, निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाललगायत कलाकारले प्रस्तुति दिएका थिए । 

चलचित्रमा समावेश ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतका गायक निशान भट्टराईले गीत गाएका थिए । यो गीत दुई दिनअघिमात्रै सार्वजनिक गरिएको थियो । राजाराजेन्द्र पोखरेलले सञ्चालन गरेको कार्यक्रममा लोक गायक नवीन पौडेल, गायिका योजना पुरीलगायतले गीत गाएका थिए । 

दीपकराजले स्टेजमा चढ्दै तीजको विषयमा केही बोल्दै छेउमै रहेकी दीपाश्रीलाई ब्यंग्य गरे । साथै दीपाश्रीले पनि नारीको चाड भन्दै पुरुषहरूलाई ब्यंग्य गरिन् । दुवैजना चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीतमा नृत्य गरेका थिए । साथै अन्तिममा चलचित्र ‘छक्का पञ्जा ३’ आउँदो दशैँमा प्रदर्शन हुँदैछ भन्ने जानकारी दिएर बाहिरिएका थिए । 

यस्तै लोक गायक नवीनले धेरैबेर आफ्ना केही लोक गीत सुनाए । स्टेज तताउन सिपालु मानिने नवीन निर्धारित समयभन्दा धेरैबेर दर्शकलाई मनोरञ्जन दिएका थिए । यस्तै गायिका योजना पुरीले पनि दुईवटा गीत गाइन् । 

 


Views: 3