22nd September | 2018 | Saturday | 5:10:47 PM

गुन्यु चोलीमा प्रियंका

  POSTED ON : Thursday, 13 September, 2018 (7:41:54 PM)

गुन्यु चोलीमा प्रियंका

काठमाडौं (हिटा) । पछिल्लो समय नायक आयुष्मान देशराज जोशीसँग इन्जेगमेन्ट गरेर बसेकी प्रियंका कार्कीको चर्चा खुवै छ । अर्को वर्ष बिहे गर्ने तयारीमा रहेकी प्रियंकाले चलचित्रसँगै म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी छन् । 

उनले राम्रो गीत र राम्रो भिडियोका लागि आएका अफर कहिल्यै इन्कार गर्दिनँ भन्दै आएकी छन् । यसैबीच प्रियंकाले नृत्य गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

‘कोहीले भन्छन्’ बोलको गीतको भिडियोमा प्रियंकाले गुन्यु जोलीमा नृत्य गरेकी छन् । गायिका मेलिना राईको स्वरमा रहेको उक्त गीतमा श्रमिक बरालको शब्द छ भने वसन्त सापकोटाले संगीत भरेका छन् । लुम्बिनीमा छायांकन गरिएको म्युजिक भिडियोलाई सुदीप बरालले खिचेका छन् । नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र उदयराज पौडेलले एरेन्ज गरेका छन् । 

 


Views: 3