22nd September | 2018 | Saturday | 4:47:17 PM

हलमा साली कस्को भेनाको

हिमालय टाइम्स   POSTED ON : Friday, 14 September, 2018 (3:17:44 PM)

हलमा साली कस्को भेनाको

काठमाडौं । मुभिङ पिक्चर्स प्रालिद्वारा निर्मित नेपाली चलचित्र ‘साली कस्को भेनाको’ यही भदौ २९ गतेबाट प्रदर्शन हुने भएको छ । भद्र भुजेल निर्देशित सो चलचित्रको अन्तिम समयमा आएर प्रदर्शन मिति तय गरिएको छ । साली र भेनाको जीवन भोगाइका विविध पक्षलाई चलचित्रमा उतारिएको निर्माण युनिटले जनाएको छ । प्रसाद श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्रमा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ ‘विशाल’), कमला भट्टराई, मुक्ति अधिकारीको लगानी छ । 

चलचित्रको कथा पुष्प आचार्यले लेखेका हुन् । चलचित्रमा पुष्प, सुरज शाही ठकुरीको गीत छ भने संगीत प्रसाद श्रेष्ठ, ठकुरी र मिन घलानले भरेका छन् । दीर्घ गुरुङले खिचेको चलचित्र बनिष शाहले सम्पादन गरेका हुन् ।

चलचित्रमा विल्सन विक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, रवि गिरी, वीरेन श्रेष्ठ, प्रिया रिजाल, पुष्प आचार्य, देव सागर, बलबहादुर गुरुङलगायतको अभिनय छ । चलचित्र वितरणको जिम्मा स्टेशन फाइभ र एफडी कम्पनीले लिएको छ ।


Views: 2