19th November | 2018 | Monday | 1:52:34 PM

साम्राज्ञीको प्रेममा धीरज

हिमालय टाइम्स   POSTED ON : Friday, 14 September, 2018 (3:20:27 PM)

साम्राज्ञीको प्रेममा धीरज

काठमाडौं । नवनायिका धीरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ यही आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

दुवैजनाको क्रेजका कारण पनि यो चलचित्र प्रतिक्षित बन्दै गएको छ, अर्कोकुरा सार्वजनिक भएका प्रोमो, गीतमा पनि निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ । यसका साथै चलचित्रको दुई पोष्टर सार्वजनिक गरिएको छ । एक पोष्टरमा चलचित्रका मुख्य नायक धीरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । पोष्टरमा यी दुई प्रेममा डुबेका छन् । यस्तै अर्को पोष्टरमा चलचित्रका साम्राज्ञी र धीरजसँगै सात कलाकार फिचर्ड छन् । पोष्टरमा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभूषण पाठक, विजय लामा र रुवि राणा फिचर्ड छन् ।

आई कोर फिल्मस्को व्यानरमा बनेको यो चलचित्र कोरियोग्राफर रिनाशा वान्तवा राईले पहिलोपटक निर्देशन गरेकी हुन् । चलचित्र प्रज्ज्वल शमशेर जबरा र प्रभु शमशेर जबराले संयुक्तरूपमा निर्माण गरेका हुन् । चलचित्रका सहनिर्माताहरूमा सुलेखा राई, वसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । चलचित्रमा मीरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धीरज प्रस्तुत छन् । प्रज्ज्वल शमशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा शैलेन्द्रधोज कार्कीको छायांकन, टिसुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको संगीत छ । 

चलचित्रको लेखकमा अभिमन्यु दीक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद छ । चलचित्रका नायक धीरज र नायिका साम्राज्ञीले पहिलोपटक स्क्रिन शेयर गरेका छन् । लण्डनमा बस्दै आएका धीरजका फ्यान निकै छन् । उनी चलचित्रमा आउनुपूर्व नै युट्युवमा हिट थिए भने नायिका साम्राज्ञीका सबै चलचित्र हिट छन् । यस अर्थमा पनि यो चलचित्रलाई प्रतिक्षित मानिएको छ ।


Views: 20