19th August | 2019 | Monday | 8:52:54 PM

निताले पत्याउँदा दीपक खुशी

  POSTED ON : भदौ ३१, २०७५ (११:४७ AM)

निताले पत्याउँदा दीपक खुशी

काठमाडौं (हिटा) । नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक हिट चलचित्र दिएका निर्माताको नाममा दीपकराज गिरीको नाम अग्रपंक्तिमा नाम आउँछ । दीपक टेलिसिरियलबाट नाम कमाउन सफल भएका कलाकार हुन् । उनी चलचित्र क्षेत्रमा विगत तीन वर्षदेखि निरन्तर रूपमा छन् ।  

डेढदशकभन्दा बढी ‘तितो सत्य’ हास्यव्यंग्य टेलिसिरियल बनाउँदै आएका दीपक उक्त क्षेत्रबाट हात झिकेर चलचित्र निर्माणतिर थालेका हुन् । उनले सुरुमा बनाएको ‘६ एकान ६’ चलचित्र बनाएका थिए । टेलिभिजनमा निकै रुचाइएका कलाकारलाई लिएर बनाइएको चलचित्रमा नायिका को राख्ने भन्ने विषयमा उनले निकै सोच्नुपरेको थियो । उनले धेरैलाई अफर पनि गरेका थिए ।  चलचित्र निर्माणमा दीपक नयाँ भएकै कारण धेरै नायिकाले उनलाई पत्याएनन्, तर नायिका निता ढुंगानाले चलचित्रमा काम गरिन् । अहिले दीपकले वर्षैपिच्छे एक चलचित्र बनाइरहेका छन् जुन सुपरहिट हुँदै गएका छन् । अहिले उनको चलचित्रमा जोकोही नायिका काम गर्न रुचाउछन् । 

गत शुक्रबार नायिका निता ढुंगाानाले जन्मदिन मनाइन् । केही चलचित्रकर्मी तथा सञ्चारकर्मीबीच जन्मदिन मनाइरहँदा निर्माता दीपकराज, निर्देशक तथा कलाकार दीपाश्री निरौला पुगेका थिए । केक काट्दै गर्दा दीपकले आफ्ना चलचित्र क्षेत्रका सुरुवातका दिन सम्झिदै नितालाई धन्यवाद थिए । उनले पहिलो चलचित्र बनाउँदा कसैले नपत्याएका बेला निताले आफूलाई पत्याएको भन्दै उनको तारिफ गरेका थिए । उनको जन्मदिन सेलिब्रेशनमा दीपक, दीपा, नायिका सुष्मा कार्की, नायक आर्यन अधिकारी, निर्माता सुरेश अधिकारी, कलाकार अनुराग कुँवरलगायतको उपस्थिति थियो ।


Views: 68

सम्बन्धित सामग्री:

पोखरामा जाइरा टिम

: भदौ १, २०७६ (१:५१ PM)