18th February | 2019 | Monday | 4:43:19 PM

आशिष–अदीति मोडल हन्ट नेपाल

  POSTED ON : Sunday, 16 September, 2018 (7:25:47 PM)

आशिष–अदीति मोडल हन्ट नेपाल

काठमाडौं  (हिटा) । ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदीति अधिकारीले जितेका छन् । शुक्रबार साँझ काठमाडौस्थित होटल सोल्टीमा आयोजित कार्यक्रममा ३१ प्रतियोगीलाई पछि पार्दै आशिषले पुरुषतर्फ र युवतीतर्फ २४ प्रतियोगीलाई पछि पार्दै अदीतिले उपाधि हात पारिन् ।

विजेता दुवैले नगद पुरस्कार  ५० हजार प्राप्त गरेका छन् । यी दुवैमध्ये आशिषले मिस्टर ओशियन तथा अदीतिले सुपर मोडल अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुको अलवा कोरियामा सञ्चालन हुने एलबिएमए अवार्डमा भाग लिने अवसर पाएका छन् । प्रतियोगितामा आशिष र अदीतिले कमर्सियल मोडलको अवार्ड जितेका छन् । यो मोडल हन्ट नेपालको चौथौं संस्करण हो । 

प्रतियोगितामा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ फष्ट रनर अप, मुनिर अहमद र हेलि गुरुङ सेकेण्ड रनर अप तथा आदर्श ज्ञवाली र सन्नी महर्जन थर्ड रनर अप विजेता घोषित भए । रनर अप विजेता सुरज र रुबिस्काले नगद पुरस्कार ३० हजार, मुनिर र हेलिले २० तथा आदर्श र सन्नीले १५ हजार प्राप्त गरे । निर्णायक मण्डलमा फेसन तथा कमर्सियल फोटोग्राफर राजभाइ सुवाल, आइसी ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक शैलजा अधिकारी, कहलिएका फेसन डिजाइनर विश्व गौतम, कोरियोग्राफर एवं मिडिया पर्सनालिटी माल्भिका सुब्बा तथा अभिनेत्री एवं मोडल पारामिता आर एल राणा रहेका थिए । 


Views: 27