17th October | 2018 | Wednesday | 10:38:30 PM

प्रसादमा दुःखी नम्रता (भिडियो)

हिमालय टाइम्स   POSTED ON : Wednesday, 19 September, 2018 (3:22:33 PM)

प्रसादमा दुःखी नम्रता (भिडियो)

काठमाडौं  । यही मंसिर २१ गतेबाट देशभर एकसाथ प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘प्रसाद’को फष्ट लुक सार्वजनिक गरिएको छ । उक्त फष्टलुकमा चलचित्रकि नायिका नम्रता श्रेष्ठ दुःखी देखिएकी छन् । निःसन्तान दम्पतीबीचको माया र सम्बन्धको कथामा निर्माण गरिएको यो चलचित्रमा नम्रता एक गृहणीको भूमिकामा छिन्, निःसन्तान हुँदा उनी दुःखी देखिएको बुझ्न सकिन्छ । यस्तै सार्वजनिक भएका पोष्टरमा चलचित्रमा मुख्य पात्र विपिन कार्की र निश्चल बस्नेतको फरक लुक्स देख्न पाइन्छ ।

यस्तै चलचित्रमा समावेश ‘लै लै’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त भिडियोमा चलचित्रका दृश्यहरू समेटिएका छन् । प्रसादमा विपिन र नम्रताले दम्पतीको भूमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भूमिकामा देख्न सकिन्छ ।

केतन क्षत्रीले गाएको ‘लै लै’ बोलको उक्त गीत गणेश शाहीले लेखेका हुन् भने संगीत सुवाष भुसालले दिएका छन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । चलचित्रका निर्देशक दिनेश राउतले प्रसादको पूरा मर्मलाई ‘लै लै’ बोलको गीतले समेट्ने भएकाले नै चलचित्रको फष्टलुकसहित यस गीतलाई सार्वजनिक गरिएको बताए । त्यसो त चलचित्रमा अर्को गीत पनि रहेको उनले बताए ।

सुवास थापाको निर्माण रहेको प्रसादको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । चलचित्र सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्वन्द्वले आपसी सम्बन्धमा के कस्तो असरसम्म पु¥याउन सक्छ भन्ने देखाउन खोजिएको छ । युट्युबबाट गीत रिलिजसँगै फिल्म युनिट आइतबार साँझ नै त्यसको प्रतिक्रिया बुझ्न र फिल्म बारेमा जानकारी दिन फेसबुकमा प्रत्यक्ष कुराकानीका लागि प्रस्तुत हुन लागेको निर्देशक राउतले बताए । प्रसाद मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा आउँदैछ । 


Views: 55