15th December | 2018 | Saturday | 10:48:45 PM

यस्तो छ आमिर खान र अभिताभ बच्चनको ठग्स अफ हिन्दोस्तानको ट्रेलर

एजेन्सीं   POSTED ON : Friday, 28 September, 2018 (3:34:02 PM)

यस्तो छ आमिर खान र अभिताभ बच्चनको ठग्स अफ हिन्दोस्तानको ट्रेलर

मुम्बई । बलिउडका सुपरस्टार अमिताभ बच्चनको अभिनय रहेको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा अमिताभसँगै अभिनेता आमिर खानले पहिलो पटकसँगै काम गरेका छन् । 

यशराज ब्यानरमा निर्माण भएको यो चलचित्रको ट्रेलर यश चोपडाकै जन्मदिन पारेर सार्वजनिक गरिएको हो । ट्रेलरमा एक्सन र दमदार सम्वादहरू धेरै देख्न पाइनेछ । दीपावलीको अवसर पारेर ८ नोभेम्बरमा रिलिज हुन लागेको यो चलचित्र फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । चलचित्रको निर्देशन विजयकृष्ण आचार्यले गरेका हुन् । उक्त फिल्म तीन भाषामा रिलिज हुनेछ । 

हिन्दीसँगै फिल्मलाई तमिल र तेलुगुमा पनि डब गरिएको छ । चलचित्रमा अमिताभ बच्चन (खुदाबक्श), आमिर खान (फिरंगी), फातिमा सना शेख (जफिर), कटरीना कैफ (सुरैया) र लायड (जोन क्लाइव) को भूमिकामा छन् । ‘ठग्स अफ हिन्दोस्तान’ को बजेट २ करोड १० लाख बताइएको छ । यो यशराज ब्यानरको सबैभन्दा महँगो फिल्म हो । 


Views: 156