20th September | 2019 | Friday | 8:50:04 AM

जाहृनवी पाइलट बन्दै

  POSTED ON : आश्विन १४, २०७५ (५:१० PM)

जाहृनवी पाइलट बन्दै

मुम्बई (एजेन्सी) । बलिउडमा पाइला चाल्दै गरेकी अभिनेत्री जाहृनवी कपुरले नयाँ चलचित्रमा काम गर्ने भएकी छन् । जाहृनवीले धर्मा प्रोडक्शनको एक अर्को बायोपिक चलचित्रमा काम गर्न लागेको भारतीय सञ्चारमाध्याममा उल्लेख छ । उनले बलिउडमा आफ्नो तेस्रो चलचित्र करणको साथ गर्ने पक्कापक्की भएको बुझिएको छ । डेब्यु चलचित्र रिलिजपछि उनी अहिले करणको रेखदेखमा छिन् । 

उनले हालैमा कहानी र व्यवहार बुझ्न गुञ्जन सक्सेनासँग पनि भेट गरेको खबर छ । अर्को वर्षबाट चलचित्रको छायांकन सुरु हुने बताइएको छ । चलचित्र करणले निर्माण गर्नेछन् भने अझैसम्म निर्देशन फाइनल भएको छैन । जाहृनवीको यो चलचित्र भारतीय वायु सेनाकी पहिलो महिला हेलिकाप्टर पाइलट गुञ्जनको जिन्दगीमा आधारित हुनेछ । सो चलचित्रमा नायिका पहिलो हेलिकाप्टर महिला पाइलट गुञ्जनको भूमिकामा देखिनेछिन् । 


Views: 152