19th October | 2018 | Friday | 4:07:36 AM

‘इन्टु मिन्टु लण्डनमा’को उत्साहजनक ब्यापार

  POSTED ON : Sunday, 30 September, 2018 (9:01:07 PM)

‘इन्टु मिन्टु लण्डनमा’को उत्साहजनक ब्यापार

काठमाडौं (हिटा) । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धीरज मगरको मुख्य भूमिका रहेको सो चलचित्रले दर्शक एकनाशले कमाइरहेको छ । 

विशेष काठमाडौं मोफसलमा दर्शकको संख्या उत्साहजनक रहेको निर्माण टिमले जानकारी दिएको छ । प्रदर्शनको एक हप्तामा घरेलु बजारबाट ३ करोड ४० लाख ग्रस कलेक्सन गरेको फिल्मलाई युवापुस्ताका दर्शकले बढी रुचाएका छन् ।

आइतबारबाट चलचित्रको कलेक्सन केही घटेको भए पनि उदेकलाग्दो भने छैन । चलचित्रले मेजर स्टेशनका सिंगल पर्दा र मल्टिप्लेक्समा राम्रो कलेक्सन गरिरहेको छ । दोस्रो साताको सुरुवातमा पनि चलचित्र मोफसलमै अगाडि छ । उनका अनुसार, शनिबार पनि प्रमुख शहरमा फिल्मले हाउसफुल दर्शक पाएको छ । निर्माण कम्पनी आई कोर फिल्मस् स्वयंले यो फिल्मलाई उपत्यकामा वितरण गरेको हो । निर्माता प्रज्ज्वल शमशेर जबराले शनिबार राजधानीका अधिकांश मल्टिप्लेक्स र सिंगल स्कृनमा दर्शकको उत्साहजनक भीड देखिएको बताए । घरेलु बजारबाट उक्त फिल्मले लगानी सुरक्षित गर्न ६ करोडमाथि कलेक्सन गर्नुपर्ने हुन्छ । यसका लागि अझै लामो रेसको घोडा बन्न बाँकी छ । 


Views: 55