19th October | 2018 | Friday | 3:32:45 AM

नील डेविडको सलुन उद्घाटनमा दीपक–दीपा

हिमालय टाइम्स   POSTED ON : Monday, 01 October, 2018 (3:52:34 PM)

नील डेविडको सलुन उद्घाटनमा दीपक–दीपा

काठमाडौं  । स्थापित नेपाली हेयर स्टाइलिस्ट नील डेविड कटवालको राजधानीको सिटी सेन्टरमा सलुनको ५४औं शाखा सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमबीच कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको हातबाट रिबन काट्दै डेविडले सलुन उद्घाटन गरेका हुन् । नेपाल तथा भारतमा स्थापित भइसकेका हेयर स्टाइलिस्ट कटवालको उक्त सलुनलाई युवा उद्यमी आकाश तामाङले सञ्चालनमा ल्याएका हुन् । सिटी सेन्टरको तेस्रो तलामा सञ्चालनमा आएको नील डेविड्स इन्टरनेशनल युनिसेक्स सलुनमा अत्याधुनिक प्रविधियुक्त उपकरण, गुणस्तरीय कस्मेटिक तथा प्रतीक्षित हेयर स्टाइलिस्टले सेवा प्रदान गर्ने सञ्चालक आकाश तामाङले बताए ।

सलुन उद्घाटन गर्न पुगेका दीपकराज र दीपाश्रीले कटवालको कामलाई प्रसंसा गरे । अभिनेता दीपकराजले नाम ‘नील’ अर्थात् शून्य भएपनि कटवालले हेयर स्टाइलको क्षेत्रमा दर्जनौं गोल गर्न सफल भएको प्रतिक्रिया दिए । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले पनि नील डेविडलाई शुभकामना दिँदै व्यक्तिलाई सुन्दर देखाउने कलालाई स्वदेशदेखि विदेशसम्म फैलाउन सफल भएकोमा बधाइ दिइन् । 

नील डेविडको हेयर एण्ड ब्युटी सलुनका शाखा काठमाडौंसहित देशका विभिन्न शहरमा विस्तार भइसकेका छन् । उनले भारतका पनि विभिन्न चार राज्यका १० शहरमा ५० शाखा सञ्चालनमा छन् । यसका साथै सलुनको शाखालाई अष्टे«लिया तथा लण्डनमा चाँडै नै सञ्चालनमा ल्याइने यसअघि नै घोषणा गरिइएको छ । भारतको नयाँदिल्लीमा नील डेविड ब्राण्डलाई शिवमाया कम्पनी तथा उत्तर प्रदेशका लागि भिनस इन्टरनेशनलले मास्टर फ्रान्चाइजिज् साइन गरिसकेका छन् । निकट भविष्यमा नील डेविड सलुन दिल्ली नजिकैको नोयडामा पनि सञ्चालन हुने तयारी भैरहेको छ । यो भारत र भुटानको सीमा क्षेत्र जय गाउँमा पनि स्थापना हुँदैछ । यसका साथै नेपालकै बिर्तामोड, इटहरी, भैरहवा तथा नेपालगञ्जमा सञ्चालनमा आउने सञ्चालक कटवालले जानकारी दिए । 


Views: 62