17th December | 2018 | Monday | 2:07:42 AM

बुटिक उद्घाटनमा करिश्मा

हिमालय टाइम्स   POSTED ON : Monday, 01 October, 2018 (3:54:53 PM)

बुटिक उद्घाटनमा करिश्मा

काठमाडौं  । नायिका करिश्मा मानन्धरले फेशन डिजाइनर क्षितिजा शाक्यले सञ्चालनमा ल्याएको नयाँ बुटिकको उद्घाटन गरेकी छन् । सुन्धारास्थित काठमाडौं मलको चौथो तलमा रहेको ‘बुटिक क्षितिजा अपारेल’ शनिबारबाट औपचारिकरूपमा उद्घाटन गरी सञ्चालनमा आएको हो । नायिका करिश्माले रिबन काट्दै उद्घाटन गरेको यस बुटिकमा महिलाको पहिरन विशेषगरी विवाहका लागि आवश्यक ब्लाउज, लेहेंगा, जुत्ता, यस्तै पूजामा र क्याजल वेयरका कुर्थासुरुवाल पाइन्छ । 

नायिका मानन्धरका साथमा नेपालको पहिलो रंगिन चलचित्र ‘कुमारी’की नायिका चैत्येदवी सिंह, हास्य सम्राज्ञी अभिनेत्री वसुन्धरा भुसालको उपस्थिति थियो । नायिका मानन्धरले क्षितिजालाई बुटिक सञ्चालन गरेसँगै शुभकामना दिएकी थिइन् । यस्तै, चैत्यदेवी र वसुन्धराले राजधानीमा अर्को बुटिक सञ्चालनमा ल्याएको भन्दै शुभकामना दिनुका साथै प्रसंसा गरेका थिए । १४ वर्षदेखि फेशन डिजाइनिङका क्षेत्रमा कार्यरत क्षितिजाको नरदेवीमा पनि बुटिक छ । 


Views: 84