17th December | 2018 | Monday | 1:52:26 AM

पोस्टरमा गुनगुन

हिमालय टाइम्स   POSTED ON : Tuesday, 02 October, 2018 (3:11:16 PM)

पोस्टरमा गुनगुन

काठमाडौं  । आउँदो कात्तिक ३० गतेबाट देशभर प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘गुनगुन’ को पोस्टर सार्वजनिक गरिएको छ । मुख्य पात्रहरूलाई समेटिएको दुई फरक पोष्टरमा ६ कलाकार फिचर छन् । पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माण टिमले प्रचारप्रसारलाई अगाडि बढाएको छ । चलचित्रमा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको निर्देशक पुकार भट्टाराईले बताएका छन् । पुराना कलाकार पुकारले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्दैछन् । कलाकारिता संगालेको अनुभवलाई निर्माता र निर्देशकको रूपमा प्रयोग गरेको निर्देशक पुकारले बताएका छन् । ‘मैले केही सर्ट फिल्म र भाषाभाषीको फिल्म त निर्माण गरिसकेको छु तर फिचर फिल्म भने पहिलो हो । यसै क्षेत्रमा भएकाले क्षेत्रसँग सम्बन्धित रहेर काम गर्ने मनसाय बनाउँदै कलाकारितासँगै निर्माण र निर्देशनमा पनि आफूलाई अगाडि बढाएको छु’, पुकारले भने । प्राथना फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा सञ्चिता लुइँटेल, रवीन्द्रप्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बाल्दिप राई, विपिन प्रसार्इं र स्वयं निर्देशक भट्टराईको अभिनय छ । चलचित्रमा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन छ । प्रेम कथामा आधारित यस चलचित्र उपत्यकाबाहिर आरआर फिल्मस् र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन् ।


Views: 65